किन तपाइँ आफ्नो बोस आफै बन्न चाहनुहुन्छ ?

यसको अर्थ जब म ब्युझन्छु म मेरो कामको लागि जानु नपरोस, म स्वतन्त्र हुन चाहन्छु, म त्यो गर्न चाहन्छु जुन मलाइ गर्न मन लाग्छ ।
यो प्रायः सबैजनाको सपना हो, होइन त? 
तर यहाँ एउटा समस्या छ, त्यो हो त्यो सपनालाई बिपनामा परिणत गर्न तपाइँसंग कतिको इक्षाशक्ति छ ?
तपाइले आफैलाई प्रश्न गर्नु जरुरि छ, किन तपाइँ आफ्नो हाकिम आफै बन्न चाहनुहुन्छ ? के को लागि? के यो स्वतन्त्रताको लागि मात्र हो ? के यो पैसाको लागि मात्र हो?
किनभने यसको कारण अत्यन्त गहिरो हुनुपर्छ । यो एउटा यस्तो कारण हुनुपर्छ जसले तपाइभित्र इख सृजना गर्नुपर्छ । यसले तपाइलाइ अझै धेरै परिश्रम गर्न झक्झक्याउनु पर्छ ।
किनकि "किन" ले नै हामीले त्यसलाई कसरि प्राप्त गर्छौं कारण प्रस्तुत गर्छ । यो "कसरि" होइन । यदि "किन" एकदमै स्पस्ट छ भने "कसरि" धेरै सजिलो बनिदिन्छ ।
किन तपाइँ आफ्नो बोस आफै बन्न चाहनुहुन्छ ? तपाइँ यो लक्ष किन हासिल गर्न चाहनुहुन्छ ? यदि तपाइले यो "किन" को उत्तर हुनसक्छ तपाइको परिवारको लागि, तपाइको बालबच्चाको लागि, तपाइँ आफ़्नैलागि, अथवा समाजको लागि । यसले तपाइलाइ मनमा एउटा चोट दिनुपर्छ ।
यसको अर्थ तपाइले साच्चैनै यो प्राप्त गर्न चाहनुहुन्छ र तपाईसंग किन को उत्तर छ भने तपाई सफलताको एक स्टेप नजिक हुनुहुन्छ। 
simon rai

My nane simon rai.I am a internate marketer.Before that i was a coffee maker called barista.

If any doubts and want to read more articles let me know simonrai950@gmail.com

Post a Comment (0)
Previous Post Next Post