पुस्कर शाह दाईको कुरा सुनेर म एकछिन दह्रो अतालिए।

म एउटा सामान्य अन्लाइन मार्केटर ,मलाई लाग्छ यो देशमा दुई छाक टार्न कुनै गाह्रो छैन। तर पुस्कर शाह दाईको कुरा सुनेर म एकछिन दह्रो अतालिए। खल्तीमा सय रुपयाँ बोकेर आफ्नो देश नेपाल र नेपाली झण्डालाई विश्वसामु चिनाउन हिडेका पुस्कर दाई त्यो पनि साइकल बाट।

उहाँको त्यो समयको रेकर्डहरु हेर्दा साइकलबाट नै एघार हजार पन्ध्र दिन विभिन्न बाधा  अबरोधका बाबजुत देश नेपाल र नेपाली सहासलाई चिनाउन यात्रा गर्नु भएको रहेछ , यो दुई लाख  एकाइस किलोमिटरको दुरी साईकल बाट पार गर्नु जुन संसारलाई साह्रै पाँच फन्को गरे बापतको दुरी हो।

उहाँको पुस्कर शाह पुस्तक मैले विद्यार्थी जीवनमा नै किनेर पढेको थिए। पुस्तक पढी सके पछि उहाँको सहास देख्दा यति उत्प्रेणा मिल्यो। मैले लघभग चार पटक सम्म पढे र अझै पनि त्यो पुस्तक म सँग भएकोले बेला मौका झिकेर हेर्छु। मैले पुस्कर दाइको सबै अन्तरवार्ता प्राय हेरेको छु। अन्तरवार्ता अनुसार बाँकी कतिपय पुस्कर शाहामा नसमेटिएका   कुरा अर्को पुस्ताकमा लिएर आउने कुरा थियो। तर उहाँको सामाजिक सञ्जाल तथा सन्चार माध्यममा एका एक अस्ट्रेलियामा भाडा माझिरहेको देख्दा मेरो धेरै मन दुख्यो।

कुरा कामको होइन कामलाई त म सधै सम्मान गर्छु। म लगायत कयौ नेपालीलाई साहास दिने सहासीलाइ कसैले वास्ता नगरी बाध्यताले नै त मुग्लान पलायन हुनु भएको होलानी। दाई म तपाईं लाइ पर्खेर बसेको थिए अर्को पुस्तक खै त ? भनेर धन्न म्यासेज धन्न गरिन।दाई भावुक हुन सक्नु हुन्थियो सायद मैले यसरि प्रश्न गरेको भए  एकमनले भन्यो कि यहिँ कहिँ कतै काम काजले व्यस्त हुनुहुन्छ क्यारे त्यसैले सोधिन। तर समाचारले मेरो त आशुनै झर्यो गहबाट सायद उहाँलाई पढ्ने धेरै नेपालीको झर्यो होला यो नेपाल र नेपाली झण्डालाइ विश्व सामु चिनाएको व्यक्तिको कुरा सुन्दा।

मैले कहिँ कतै सुनेको छु हाम्रो देश सतिले सरापेको देश भनेर भानिन्छ रे
यो कुरा बाट  मैले के निष्कर्ष निकाले भने नेपाल र नेपाली झण्डा लाइ आफ्नो जीवनको प्रवाह नगरी विश्वलाई चिनाउने पुस्कर शाहको आशु झर्दा ठुलो सराब हाम्रो नेपाल र नेपालीलाई लाग्ने छ। त्यसैले राज्य पक्ष्य बाट बेवास्ता गरे पनि हामी जनता मिलेर हाम्रो वास्तविक हेरो पुस्कर दाईको आशु रोक्न सक्छौ। र मैले उहाँ लाई म्यासेज गरे

दाई तपाईं त सुटुक्क भाग्नु भएछ नसोधी। तपाईंको जस्तो सहास मलाई पनि चाहिएको छ यो देशमा चाडै फर्की आउनु है म तपाईलाई कुरिरहेछु।

तपाइँ पनि हाम्रो देश भक्ति र सहासी व्यक्ति फेरि यो देशमा फर्केको हेर्न चाहानु हुन्छ भने सेयर गरि दिनु होला।
simon rai

My nane simon rai.I am a internate marketer.Before that i was a coffee maker called barista.

If any doubts and want to read more articles let me know simonrai950@gmail.com

Post a Comment (0)
Previous Post Next Post