खाना किन्न नसकेर बाटोमा रुदै हिडेका व्यक्ती Ryan Serhant आज कसरी real state का वादशाहा बने ?

 Ryan Serhant अमेरिकाको रियल स्टेटका वाद्शहा मानिन्छ। रियल स्टेटका वाद्शहा भनेर चिनिनु अघि उनले थुप्रै आफ्नो जीवनमा संघर्ष झेल्नु पर्यो। रायन सुरुमा कलाकार बन्न चाहान्थे। त्यसैले अभिनयको लागि उनले न्युयोर्कमा काम खोज्न थाले। तर कलाकारितामा उनले सफलता प्राप्ता गर्न सकेनन। त्यसपछि उनलाई मोडलिङ्को अफर आयो,उनले मोडलिङ् को  काम पनि गर्न थाले।  मोडलिङ् गरेर मात्र उनि सन्तुष्ट हुन सकेनन ,उनले बुझेकी त्यो काम मेरो लागि होइन भनेर।

मोडलिङ् मा पनि जम्न नसके पछि उनि बाहिरिए। उनि सँग पैसाको अभाव यति भयोकि खान किन्न नसकेर उनि बाटोमा नै रोएका थिए। तर पनि उनले जागिर गर्न चाहेनन् उनलाई जागिर गरेर बाधिनु थिएन। उनमा जागिरले एउटा सिमित घेराबन्दी राख्छ र जागिर तथा तलबको नसा परेपछि उम्किन गाह्रो हुन्छ भन्ने लाग्थियो।

भौतारिरहेकै समयमा रायनले साथीको सल्लाहामा सन् २००८ मा रियल स्टेट एजेन्ट लाइसेन्स लिए। उनले गुमाउने पर्ने अब केहि पनि थिएन ,किनकि उनीसंग केहि पनि थिएन ,त्यसैले उनले बाटोमा गएर मानिसहरुको पछाडी पछाडी घर जग्गा सम्वन्धि प्रस्ताव राख्दै डौडिन थाले। उनि सपिङ्मलको अगाडि बस्थे र जसले धेरै सपिङ्ग गरेर निस्केको छ उसलाई पछाउन थाल्थे। उनमा डर र लाज थिएन ,गर्नै पर्छ भन्ने अठोट थियो , लगनशिलता थियो। यदि त्यो काम सफल  भईन भने आफ्नो गाउ फर्केर कुनै एउटा काममा सिमित हुनुपर्छ भन्ने उनलाई थाहा थियो र त्यो उनलाई मन्जुर थिएन।


सडकमा रियल स्टेट एजेन्ट बनेर दौडिदा उनले उत्प्रेणा र डरको सन्तुलन मिलाउन सिके। रायनका अनुसार मानिस हरेक दिन डर र उत्प्रेरणा बीच ढिकिच्याउ खेलिरहेको हुन्छ।त्यो व्यक्ति सफल हुन्छ जसले डर र उत्प्रेरणालाई सन्तुलित राख्न सक्छ।

रायन अहिले मिलिनियर ,रियल स्टेटका वाद्शाहा ,रियालिटी टेलिभिजन स्टार र पुस्तक लेखकको रुपमा चिनिन्छ। उनि अहिले मात्र ३४ वर्षका भएका छन्। 
simon rai

My nane simon rai.I am a internate marketer.Before that i was a coffee maker called barista.

If any doubts and want to read more articles let me know simonrai950@gmail.com

Post a Comment (0)
Previous Post Next Post