सन् २०११ ताका भारतमा पनि जुन समयमा डिजिटल पेमेन्ट सिस्टम पेपल पेमेन्टको बिषयमा निकै गरमागरम चर्चा चलेको थियो । त्यो समयमा रिजर्भ ब्यांक अफ इन्डियाले पुर्ण रुपमा यसको उपयोगिताको बिषयमा बन्देज गरेको अवस्था थियो ।
साना व्यवसायी, बिशेषगरी आइटी क्षेत्रमा काम गर्ने भारतीयन यूवा उद्यमीहरुको लागि निकै चुनौति खडा भएको अवस्थामा उनीहरुले आवाज उठाउन छोडेनन् । लेख्न छोडेनन् ।
फलस्वरुप, २०१७ को नोभेम्बर तिर, पेपलले देशको कानुनभित्र रहेर डिजिटल कारोबारको दायरालाई बैधानिक तवरले चलाउन सक्ने नियम सरकारबाट पारित गरेर ल्याए ।
आरबिआइले पनि त्यो कुरा पुर्ण रुपमा पारित गर्यो ।
आज भारतमा डिजिटल कारोबार गर्न धेरै हदसम्म सहज छ ।
आज भारतमा डिजिटल कारोबार गर्न धेरै हदसम्म सहज छ ।
यहि कुरा नेपालमा नेपाल राष्ट्र ब्यांक ले पनि डिजिटल बिज्ञापन गर्न नमिल्ने, डिजिटल कारोबार गरेमा कारबाहि हुने जुन सुचना प्रकाशित गरेको छ । यसले समग्र साना व्यवसायी, बिशेषतः आइटी यूवा बर्ग उद्यमीहरुलाई त्रसित बनाउने काम गरेको छ ।
डिजिटल नेपालको परिकल्पना भईरहेको सन्दर्भमा, यस्तो कुराहरुलाई बन्देज गराए पनि कुनै बिकल्प दिएर बन्देज गराउनु शोभनीय हुन्थ्यो ।
यसले प्रत्यक्ष रुपमा साना व्यवसायी मात्र नभई ठुला ठुला कर्पोरेट बिजनेशमा समेत पुर्ण रुपमा असर पर्ने देखिन्छ ।
डिजिटल बिज्ञापन समयको माग हो । हामी समयको मागलाई त्यागेर पुरातन शैलीमै चल्न दिने सरकारको यो नियत बुझ्न कठिन भएको छ ।
आशा गरौ, सुचना सहित बिकल्प पनि एनआरबीले दिनेछ ।
