अन्लाइन शिक्षा आजको आवश्यकता

तपाईं हाम्रो मानसिकता> शिक्षा भन्ने बितिकै विद्यालय ,विश्व विद्यालयलाई मात्र शिक्षाको मूल थलो मान्छौ वा कुनै विषय माथि तालिम लिनु पर्यो भने हामी कुनै संस्थानै धाउनु पर्छ भन्ने मान्यता राख्छौ। अन्लाइन बाट शिक्षा लिन सकिन्छ ,भरपुर फाइदा लिन सकिन्छ भनेर युरोप ,अमेरिकामा त धेरैले बुझीसके चाडो बुझ्ने र लागि परिहाल्ने बानिलेनै सयाद उनीहरु हामि भन्दा कयौ गुणा अघिनै फड्को मारेको पाइन्छ।
 https://www.facebook.com/groups/raisimon777/

 हामि विश्वविद्यालय धाउछौ त्यहाँ कुनै जीवनको ठ्याक्कै यहि समयमा यो कुरा प्रयोग हुन्छ भनेर कमै पढाइन्छ। अनि प्रयोग हुने कुरा पनि कहिले हुने हो थाहा छैन। सायद पढेको ३,वर्ष पछि वा ५ वर्ष पछि त्यतिबेला कहाँ सम्झिन्थियो र ति विद्यार्थीले मैले आफ्नै आखाले देखेको छु कि उहिँ विषय वस्तु माथि MASTER LEVEL अध्यन गरेको विद्यार्थीले व्यवाहारिक काम गर्न केहि पनि आउदैन भनेर।

अनि मैले सोचे त्यसोत ४,५ वर्षको आफ्नो समय खर्चेको के महत्व रहेर?अनि लाखौ रुपया आफ्नो ज्ञानको बृद्दी र विकासको लागि भनेर खर्चेको पैसाको के नै महत्व रहेर?त्यो आफ्नै कमजोरीले पनि हुन सक्छ तर त्यो विद्यार्थीले प्रशासन नै कम्जोर भए पनि, जीवनमा नै उपयोग नहुने कुरा पढे पनि पैसा त बुझाएकै हुन्छ।

र आफूलाई सहिने पढिरहेको सम्झी रहन्छ , मार्केटिङ् पढ्ने विद्यार्थीलाई मेरो के सल्लाहा छ भने अब मार्केटिङ् शिक्षा कलेज  स्तरमा परम्परागत छ हामी सँग को आधुनिक मार्केटिङ् तालिम लिएर काम गर्नुहोस भनियो भने एकछती पनि विश्वास गर्दैनन्  सायद तर तिनै विश्व विद्यालयमा पढाइने  मर्केटिङ् पढदा भने जति पनि पैसा खर्चन सक्छन किन भने त्यो कलेज हो विश्वविद्यालय हो।

 कुनै समय ति विद्यार्थी आफ्नो वरिपरि आफ्नो समान सावुन ,स्याम्फु लिएर हार गुहार गर्न आइपुग्छन अनेक बहाना सहित ,मलाई भन्न मन लाग्छ अहिलेको समयमा यस्तो मार्केटिङ गर्न सिकेर हुन्छ ?तर त्यहि शिक्षामा विश्वास गर्नेलाई भन्दा आफैलाई तिमि भन्दा धेरै पढेको छु भनेर गाल पार्लान कि भनेर म चुप हुन्छु। म आफै प्रश्न गरिरहेको हुन्छु यो शिक्षा कुन बजारमा बिक्छ भनेर ?अन्तत यी नै हुन् भोलिका खाडी मुलुक जाने ,त्यसैले तापाइको शिक्षामा सचेत रहनुहोस र अघि बढ्नुस। 
        
simon rai

My nane simon rai.I am a internate marketer.Before that i was a coffee maker called barista.

If any doubts and want to read more articles let me know simonrai950@gmail.com

Post a Comment (0)
Previous Post Next Post